बिहारको सरकारले ५० जना दर्शकमात्र प्रवेश गर्न पाउने गरेर फिल्मको रिलिज गर्न दिने भएको छ । अक्टुबर १ बाट फिल्म रिलिज हुनेछ बिहारमा । ५० जना दर्शक हलमा पुगेर फिल्म हेर्दा फिल्म बनाउने निर्माताले पैसा कती कमाउने हुन् । तर, हल खुल्यो भन्ने सन्देश जाला यसबाट ।

नेपालमा हल खुल्ने कुरा भएको छैन । हल कहिलेबाट खुल्ने हो भनेर निर्णय भएको छैन । निर्णय हुन्छ भन्ने आशामा छन् फिल्म प्रदर्शक । दशैंमा फिल्म लगाउन पाइन्छ भन्ने आशा देखिएको पनि छ है ।

फिल्म त लगाउने कुन लगाउने । फिल्म दशैंका लागि लक्ष्मीपूजा भन्ने फिल्म रिलिज गर्छौ भनेका छन् निर्माताले । सिंगल हलका लागि ठिकै ठिकै होला, मल्टिप्लेक्समा यसको राहत नहोला ।

फिल्म त बनेका छन् धेरै । रिलिज कुन हुने टुंगो छैन । प्रदर्शकले फिल्म रिलिजका लागि मिति तोक्न आग्रह गर्दैछन् निर्मातालाई । तर, गर्ने कसले ।

निर्माता फिल्मबाट नाफा आउने वा शत प्रतिशत दर्शक हलमा जाने वातावरण नबन्दासम्म रिलिज गर्ने मुडमा देखिएनन् । प्रदर्शकलाई फिल्म चाहिएको पनि छ ।

दशैंमा फिल्म हल खुल्यो भने फिल्म रिलिज गरेर नाफा कमाउन सक्लान् त निर्माताले । विरालोको घाटीमा घन्टी कसले बाध्ने भन्ने हो ।

लक्ष्मीपुजापछि तिन जन्तु भन्ने फिल्मले मिति त तोक्यो, तर पौषमा । दशैंमा हल खुलेपनि फिल्म भएन ।

निर्माता बाच्ने, हल चलाउने पनि बाच्ने गरेर फिल्म रिलिज गर्ने वातावरण कसले बनाउला र खै । सबैलाई आफूले कमाउनु छ ।

तपाईको प्रतिक्रिया