डि.एस.डिजिटल सिनेमाको ब्यानरमा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन अनि गुरु सागर चौलागाईं को प्रस्तुती रहने नेपाली कथानक चलचित्र “विनाशक The power” बन्ने भएको छ । चलचित्रमा कलाकारहरू गुरु सागर चौलागाईं, रोशिका राय, रबि खडका र रविन श्री चयन गरिएको छ ।

त्यस्तै उक्त चलचित्रमा आवस्यक कलाकारणहरू पनि बिस्तारै छनौट गरिने जानकारी दिनुभयो । पुरुषोत्तम न्यौपानेको संगीतमा नित्याशिवा, दिपक लिम्बु, पुरुषोत्तम न्यौपानेको आवाज रहने सो चलचित्रमा गीतहरू भने हरि मानन्धर र शंकर अधिकारीकाे रहनेछ । त्यस्तै गीतहरू ए प्लस स्टुडियो अनामनगरमा रेकर्डिङ हुदैछन् ।

चलचित्रमा देव महर्जनको द्वन्द, कृष्ण पाण्डेको छायांकन र बिस्वास भण्डारीको सम्पादन र सन्दिप भुजेलको नृत्य रहने छ भने नेपाली चलचित्र आकाशमा बन्न लागेकाे “विनाशक The power” को छायांकन मङ्सिर १५ गते अर्थात डिसेम्बर १ बाट शुरु गरिने जानकारी छ ।

तपाईको प्रतिक्रिया