मुम्बइ। बलिउड अभिनेत्री पायल घोष धर्ना बस्ने भएकी छिन् । निर्माता तथा निर्देशक अनुराग कश्यपविरुद्ध यौन शोषणको केस दर्ता गराएकी पायल पुलिसको तर्फबाट अनुरागविरुद्ध कुनै कारवाही नभएपछि धर्ना बस्न लागेकी हुन् । पायलले आफ्नो केसमा भएको प्रगतिबारे बुट्टन मुम्बइको बर्सोवा थाना जान लागेकी छिन् । उनले अनुराग कश्यपलाई गिरफ्तार नगरिए धर्ना बस्ने बताएकी छिन् ।

पायलले घटनाको ५ वर्षपछि अनुराग कश्यपमाथि यौनशोषणको आरोप लगाएकी हुन् । अनुरागले भने पायलका आरोपलाई आधारहीन बताएका छन् । पायलले २२ सेप्टेम्बरमा बर्सोवा थानामा अनुरागविरुद्ध केस दर्ता गराएकी थिइन् । आइतबार मात्रै पायलले मुम्बइ पुलिसको नियतमाथि प्रश्न उठाएकी थिइन् । पायलले मुम्बइ पुलिसमाथि लापरवाहीको आरोप लगाएकी छिन् । पायलले यो आरोप लगाएसँगै बलिउड २ गुटमा बाँडिएको छ । केहीले पालयको र केहीले अनुरागको पक्ष लिएका छन् ।

तपाईको प्रतिक्रिया