काठमाडौं– पत्रकार प्रतिक प्रधानले बिहिबार दिउँसो एउटा ट्वीट गर्दै लेखे – ‘पोखराको फेवाताल र माछापुच्छ्रेको सौन्दर्य झनै बढेको छ तर पारख गर्ने पर्यटक छैनन् । सुरक्षित रुपमा घुमफिर हामी आफैले सुरु गर्ने कि ?’

त्यसको केही घण्टापछि नै अभिनेत्री वर्षा राउतले आफ्नो फेसबुकमा एउटा आकर्षक तस्बिर पोस्ट गरिन् ।

स्विमिङ पूल भित्र रहेर खिचिएको उक्त तस्बिरमा लोकेशनका बारेमा उल्लेख गरिएको थिएन ।

यद्यपि, आज दिउँसो वर्षाले आफू पोखरामा रहेको जानकारी मात्र गराएकी छैनन्, आन्तरिक पर्यटनको क्रममा रहेको समेत स्पष्ट पारेकी छिन् ।

आज उनले प्याराग्लाइडिङ गर्न लागेका दुई तस्बिर शेयर गर्दै लोकेशनमा पोखरा उल्लेख गरेकी छिन् ।

लकडाउन खुकुलो भएसंगै सुरक्षाका सम्पूर्ण उपायहरु अपनाउँदै सेलिब्रेटीहरु आन्तरिक पर्यटनमा निस्कँदा नेपालको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुन सक्ने अनुमान गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया