काठमाण्डौं
नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायिका पारु केसी र गायक रत्न मगरको आवाजमा रहेको मौलिक दशैं तिहार गीत परदेशीको दशैं तिहार गीतको भिडियो सार्वजनिक भएको छ ।
पारु केसी र रत्न मगरको शब्द तथा लय सिर्जना रहेको छ । परदेशमा रहेका युवा युवती विचको पिडालाई गीतमा समेटिएको छ । आफनो प्राण प्यारो जिवन साथी परदेशमा हुदाँ महान पर्व सगैं मनाउन नपाउदाको अवस्थालाई गीतमा चित्रण गरिएको छ ।
बसन्त मर्हजनको छायाँकन , होम गैरेको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा निक शर्मा र अस्मिता रानाको अभिनय रहेको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।