काठमाण्डौ असोज २३ – रोजगारीका लागि बिदेशिएका नेपालीहरुको बास्तबिक कथामा आधारित गायक सर्जक भरत परियारको “दशा” गीत सार्वजनिक भएको छ । भरत परियारको रचना, संगीत रहेको दशा गीतमा भरत परियार र पुर्णिमा परियारको स्वर रहेको छ भने लक्षु प्रकाश मल्लको संगीत संयोजन रहेको छ ।

मन बहादुर पुनको निर्देशन, छायांकन, सम्पादन रहेको गीतमा मिलन लामा, रिया पन्त सिदान्त लामा, कबिता लामा अमर सिलवाल र अरुणा तामाङको अभिनय रहेको छ ।

गायक परियारले स्वर दिएका गीत आकाशैमा जुन र तारा, कर्णली सलल गीत चर्चामा छन भने निर्देशक पुनले दर्जनौ म्युजिक भिडियो लगाएत ३७ वटा कल्चरल फिल्मको निर्देशन गरिसकेका छन । पुनको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र सर्मपित, मायाको बन्धन, हजारी, तिम्रै हुँ म, टाढाको माया, लाङघाली, मिसन यार्सा, लेखान्त, घाटु, झल्को  दर्शकहरूले रुचाएका चलचित्र हुन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया