काठमाण्डौं ।
लोक गीत संगीतको क्षेत्रमा सक्रिय पुर्वेली गायिका मेनुका राई नेपाली आर्ट कल्चर म्युजिक अवार्ड २०७७ को पहिलो संस्करणमा ”ठल्कियो जोवन ” गीतबाट सर्वोकृष्ट लोक युगल गायन गायिका अवार्ड पाउन सफल भएकी छिन् ।

लामो समय देखी नेपाली संगीतको साधनमा रहेकी गायिका मेनुकाका सयौ गीत हरु बजारमा रहेका छन । विश्वमा गीत संगीतको बजार कोरोनाको कारणले अस्त व्यस्त भैरहेको अवस्थामा नेपाली संगीतको विकाशका लागी आयोजक ले गीत संगीतको लागी खेलेको भुमीका निकै प्रसंसा योग्य रहेको उनले बताइन ।

अवार्ड पाएकोमा खुशि हुुँदै आम दर्शक श्रोताहरुको माया र स्नेहको कारणले नै आजको स्थानमा आफु आउन सफल भएको बताइन । आफनो कामको मुल्याङकन गर्नुहुने सम्पुर्ण दर्शक तथा स्रोता र आयोजन प्रति र आफनो सांगितीक यात्रामा सहयोग गरेकोमा सम्पुर्णलाई विशेष आभार ब्यक्त गरेकी छन । अवार्ड पाएसँगै खुसि व्यक्त गर्दै मेनुकाले आफुलाई यो अवार्ड दिलाउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकी छन् ।

साथै आवार्डले आफुलाई अझ राम्रा कामहरु गर्ने जिम्मेवारी थपेको समेत उनले बताएकी छन् । उनले थुप्रै पुर्वेली लोक गीत संगीतका साथै आधुनिक गीतहरुमा आफनो आवाज भरेकी छन । सानै देखि गीत सङ्गीत क्षेत्रमा लाग्ने सोच भएकी उनी घर परिवार र साथीभाईहरुको हौसलाले यस क्षेत्रमा लागेको बताउछिन् । मिलनसार र गीत संगीत प्रतिको गहन आस्था भएकी उनले आगाामी दिनमा यस क्षेत्रलाई नै निरन्तरता दिने जानकारी गराईन् ।

तपाईको प्रतिक्रिया