सर्ट मुभीएक लभरको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । द सेलिव्रेटी टाइम्सको ब्यानरमानिर्माण गरिएको चलचित्रको आज सामाजिक संजालमार्फत दुईवटा तस्विर सार्वजनिक गरिएको हो ।

चलचित्रलाई सि.ए. दुर्गाप्रसाद ज्ञवालीले निर्माण गरेकाहुन् । समसामयिक प्रेम कथामाआधारित चलचित्रको दुई पोस्टरमध्ये एउटापोस्टरमा प्रेमिलजोडीको प्रेम भाव प्रस्तुत गराइएको छ भने अर्को पोस्टरमायुवाको भिन्नै चरित्रलाई देखाउनखोजिएको छ ।

निर्माण टिमले चलचित्रको पुर्ण कथाभने अझै सार्वजनिक गरेको छैन ।विगत १२ वर्षदेखि सम्पादनको रुपमाकामगर्दै आएका यो चलचित्रकाअभिनेताशाहिलखानले चलचित्रमानिकै मिहेनत गरेको बताए । शाहिलखान, अनुपमा भण्डारीलाई फिचर गरिएको पोस्टरलाई टौवाक्रियशनले डिजाइन गरेको हो । यो चलचित्रमाशाहिलखान, अनुपमा भण्डारीबाहेक राजथापा क्षेत्री, सरु माझीको पनिअभिनय देख्न सकिनेछ ।

चलचित्रयतिबेलामुभी फ्याक्ट्रिमा पोस्टपो्रेड्क्सनको कामभइरहेको छ । एक हप्तालगाएर छायांकन गरिएको चलचित्रलाई रामजी ज्ञवालीले निर्देशन गरेकाहुन् भने आर्यन अधिकारीले सहायकनिर्देशकको भुमिकानिर्वाह गरेकाछन् । फस्टलुक पोस्टरसँगै निर्माण टिमले चलचित्रको रिलिजमिति समेत सार्वजनिक गरेको छ ।
चलचित्रकानिर्मातादुर्गा प्रसाद ज्ञवालीले आगामीकात्तिक १७गते उक्तचलचित्र सार्वजनिकहुने जानकारी गराए । चलचित्रप्रदर्शन गर्नुअघि यो चलचित्रको ट्रेलर र गीत समेत हेर्न सकिने निर्माण टिमले स्पष्ट पारेको छ ।

छोटो चलचित्रभएपनि यो चलचित्रले आमदर्शकको चाहनाअनुसारको विषयवस्तु उठान गरेको निर्देशन रामजी ज्ञवालीले जानकारी दिए ।चलचित्रमानिर्देशक रामजी ज्ञवाली र आर्यन अधिकारीको स्क्रिप्ट, स्क्रिनप्ले र डाइलग रहेको छ ।

तपाईको प्रतिक्रिया