काठमाडौँ – नेपालका कलाकारहरुको एउटै छाता संगठन नेपाल चलचित्र कलाकार संघ प्रदेश १ तदर्थ कमिटी गठन भएको छ । वरिष्ठ फिल्मकर्मी पुष्प श्रेष्ठको संयोजक्तवमा २१ सदसिय कमिटी गठन भएको हो । हेर्नुहोस प्रेस बिज्ञप्ति :

नेपाल चलचित्र कलाकार संघको विधानको परिच्छेद १ , दफा ४ अनुसार नेपाल चलचित्र कलाकार संघ १ नम्वर प्रदेश शाखा २०७७ आश्विन २७ गते गठन भएको छ । नेपाल चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्ष रविन्द्र खड्काको प्रमुख आतिथ्यतामा इटहरीमा सम्पन्न कलाकारहरुको भेलाले अभिनेता पुष्प श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय तर्दर्थ समिति गठन गरेको छ । उक्त समितिको सह संयोजकमा दिनेश कोइराला र सदस्यहरुमा भिम लामा , जतिन ताम्राकार , माधव पौडेल खत्री , लेजिना सुवेदी , रेश्मा घिमिरे , प्रवल दीप विश्वास , नविन सुब्वा , रेखा लिम्वु , गणेश राउत , मिलन सुवेदी , हरि प्रसाद सुब्वा , मेघराज लिम्वु (गोपाल) , श्याम कटवाल इश्वर गुरुङ्ग , सुजन ढकाल , शारदा शाक्य , ममता चौधरी , धर्मेन्द्र आचार्य र तुलसी घिमिरे हनुहुन्छ ।

भेलाको सभापतित्व चलचित्र निर्देशक समाजका सचिव अरुण कुमार प्रधानले गर्नु भएको थियो । उक्त कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी पर्शुराम चौधरी लगायत पूर्वाञ्चलका विभिन्न संघ संस्थाका प्रतिनीधि उपस्थित हुनुहुथ्यो ।

नेपाल चलचित्र कलाकार संघको विधानले नेपाल राज्यभरी र प्रवाशमा समेत शाखा खोल्ने ब्यवस्था गरेको छ । यसरी गठन भएका शाखाहरुले केन्द्रीय कार्यसमितिको वैठकवाट निर्णय भए पछि वा अनुमोदन भए पछि वैधानिकता प्राप्त गर्ने छन । विधानको ब्यवस्था अनुरुप नेपालका सातवटै प्रदेशमा शाखा खोल्ने प्रकया तयारी भैरहेको पनि यसै बक्तव्य मार्फत जानकारी गराउदछौ ।

मोहन निरौला
उपाध्यक्ष्य तथा प्रबक्ता

तपाईको प्रतिक्रिया