काठमाण्डौं ।
संगीतकार तथा गायिका रेखा पौडेल र गायक कनौया सिंह परियारको आवाजमा रहेको ”राख्न त राख जमरा आमा” गीतको वियोगान्त दशैं गीत सार्वजनिक भएको छ ।

परदेशी भुमीमा श्रमको पसिना चुहाइरहेको अवस्थामा चाडपर्वमा आउन नपाउदाको पिडालाई गीतमा समेटिएको छ । विमल गौत्तमको शब्द तथा रेखा पौडेलको संगीत संयोजन गीतमा छ ।

निकै सुमधुर गीतमा आम नेपालीको पिडा रहेको छ । विशेष कारणले परदेशमै रहेका हजारौ नेपालीको भोगाई भएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायिका रेखाले बताइन ।

”राख्न त राख जमरा आमा” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।गीतको भिडियोलाई समिर लामाले निर्देशन गरेका हुन ।

तपाईको प्रतिक्रिया