नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले नेपालमै बनेको औषधि कोरोना विरुद्दको उपचारमा परीक्षण गर्ने भएको छ । कोरोना भाइरसका संक्रमितको उपचारमा प्रयोग गरेर यसको प्रभाव कस्तो देखिन्छ भन्ने अध्ययन थालिएको एनएचआरसीले जनाएको छ ।

इन्फ्रलु एन्जाका लागि नेपाली कम्पनी देउराली जनता फर्माले बनाएको FAVIPIRAVIR औषधिको परीक्षण गरिन लागेको हो । कम्पनीले यो औषधि कोरोना विरुद्दको उपचारमा पनि प्रभावकारी हुन सक्ने बताउँदै आएको छ । विश्वका विभिन्न देशले विभिन्न फ्लुका लागि बनाएका औषधिहरु नै कोरोना विरुद्दको उपचारमा पनि प्रयोग गरिरहेकाले नेपालले पनि परीक्षण गर्न लागेको हो ।

‘स्वदेशी कम्पनीले नै बनाएको औषधि हो, इन्फ्लु एन्जाको लागि बनाएको औषधि हो’ एनएचआरसीका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भने, ‘स्वदेशी कम्पनीले बनाएको औषधि स्वदेशमै परीक्षण गर्न लागिएको हो ।’

तपाईको प्रतिक्रिया