चलचित्र ‘भाँडाकुटी’को घोषणा गरिएको छ । शनिबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै यसको निर्माणपक्षले चलचित्र निर्माणको घोषणा गरेका हो । यो चलचित्रमा नायिका बेनिशा हमाल र नायक मुकुन भुषालको मुख्य भूमिका रहनेछ । यो चलचित्रको छायांकन फागुणबाट वुटवलमा गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बैबाहिक परिवेश र सामाजिक परिस्थितीको कथामा निर्माण हुन लागेको चलचित्रलाई किरण बीकले निर्देशन गर्दैछन् । बीककै कथामा कलम खड्काले चलचित्र निर्माण गर्न लागेका हुन् ।यो चलचित्रमा निशल पौडेलको छायांकन, राजकुमार दर्जीको कोरियोग्राफी, भिम बीकको सम्पादन रहनेछ ।

निर्देशक किरणले सामाजिक कथालाई नयाँ ज्ञान सहित राम्रो चलचित्र बनाउने उद्देश्यले काम गर्न लागेको जानकारी दिए । पत्रकार सम्मेलनमा नायक मुकुन र नायिका वेनिशाले एक अर्कासँग पर्दा शेयर गर्न पाउँदा खुशी लागेको बताए ।

तपाईको प्रतिक्रिया