काठमाडौं– अभिनेत्री वर्षा सिवाकोटीले दर्शकमाझ सालिन छबि बनाएकी छिन् ।

फिल्म तथा म्युजिक भिडियोमा गरेको अभिनय तथा उनले सामाजिक सञ्जालमा लेख्ने स्टाटसहरुका कारण दर्शकले उनलाई हेर्ने नजर बेग्लै छ अर्थात उनलाई अधिकांश दर्शकले भद्र अभिनेत्रीको रुपमा चिन्छिन् ।

उनै भद्र अभिनेत्रीले शनिवार इन्स्टाग्राममा पोस्ट गरेका बिकिनिसहितका तस्बिरमा भने उनका प्रशंसकहरु नै मिश्रित प्रतिक्रिया दिएका छन् ।

वर्षाले पिङ्क कलरको बिकिनि लगाएका केही तस्बिरहरु शनिवार आफ्नो इन्स्टाग्राममार्फत अपलोड गरेकी थिइन् ।

रोचक कुरा के छ भने वर्षाले ती तस्बिरहरु फेसबुकमा भने शेयर गरेकी छैनन् ।

इन्स्टाग्राममा राखिएका ती तस्बिरहरुले हजारौं लाइक पाएका छन् भने सयौं प्रतिक्रिया पनि पाएका छन् ।

हामीले केही प्रतिनिधि प्रतिक्रियाहरुलाई यहाँ समेटेका छौं ।

‘गुडबाई समर’ क्याप्सनमा वर्षाले शेयर गरेका तस्बिरमा सन्तोष मोथेको प्रतिक्रिया छ— ‘सो सेक्सी वर्षा म्याडम ।’

ट्रेक टु नेपाल नेपाल लेख्छन्— ‘हैट, वर्ष पनि ।’

जुभान्चे लेख्छन्—‘सुहाएन यो ड्ेरस तिम्रो लागि ।’

डिल्लीराज लेख्छन्—‘यो अलि दर्शकले सोचेको भन्दा धेरै भएन र ?’

पदम ओली लेख्छन्—‘होइन यो के हो हजुरको पारा ?’

अर्का एक प्रयोगकर्ता लेख्छन्—‘सनी लियोन ।’

रिकोनी लेख्छन्—‘मोटोपना घटाएर मात्र यो पहिरन लगाउनु ।’

प्यासन गर्ल लेख्छिन्—‘मलाई हजुर खुब मनपर्छ दि, तर यो लुगामा अलि मन परेन । म निराश भएँ ।’

केशर गुरुङ लेख्छन्—‘हैट, के हो यस्तो । कटुटु मात्र लगाएर बसेको । लाज भन्ने चिज छैन । बलात्कारीलाई हौसाएको ?’

गोमा भण्डारी लेख्छिन्—‘अलि मन पर्ने हिरोइन थियो, तर यो पनि अब नांगिन थालेछ ।’

तपाईको प्रतिक्रिया