दोहा- नेपाल र कतारबीच खेलकुदका क्षेत्रमा विभिन्न सहयोग गर्ने सम्बन्धमा छलफल भएको छ ।

कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाज र कतार फुटबल संघका उपाध्यक्ष साउद ए अल-मोहननाडीबीच भएको भेटमा दुई देशबीच खेलकुदका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको हो ।

भेटमा कतारले नेपालसँग खेलकुदका क्षेत्रमा सहकार्य गर्न इच्छुक देखिएको दूतावासले जनाएको छ ।

भेटमा उनीहरु दुबैले सहकार्यका विषयमा युवा खेलाडीहरूलाई तालिम दिने विषयमा छलफल गरेको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया