युनाइटेड इदी मर्दी एण्ड आर.वि. हाइड्रोपावरले तिहार अगाडी नै सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरीसकेको कम्पनीले यसै महिना भित्र सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गर्ने जनाएको हो ।

कम्पनीले स्थानीयलाई निष्काशन गरेको आईपिओ आज बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो। कम्पनीले स्थानियलाई ४ लाख २० हजार कित्ता आईपिओ निष्काशन गरेकोमा १ लाख ७६ हजार ९० कित्ताको लागि मात्र आवेदन परेको बिक्रि प्रबन्धकले जनाएको छ । माग गरिए भन्दा कम आवेदन परेकोले सबै आवेदकले माग बमोजिम कै शेयर पाएका छन् ।

कम्पनीका कम्पनी सचिव निरज पौड्यालका अनुसार आयोजना प्रभावित क्षेत्रमा धेरै घरधुरी नरहेकोले कम आवेदन परेको हो । उनका अनुसार अब स्थानीयले खरिद नगरेको आईपिओ समेत जोडेर सर्वसाधारणलाई शेयर निष्काशन गरिने छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सर्वसाधारण र स्थानीयलाई गरी १० लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । अब कम्पनीले ८ लाख ७३ हजार ९ सय १० कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गर्ने छ। कम्पनी सचिव पौड्यालले तिहार अगाडी नै सर्वसाधारणको लागि आइपिओ बिक्रि खुला गरिने बताए । हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ५० लाख छ । आइपिओ बाँडफाँटपछि सो पुँजी ४२ करोड पुग्ने छ ।

कम्पनीले कास्कीमा ७ मेगावाट अपर मर्दीखोला हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरेको छ । उक्त आयोजनाले १ वर्षदेखि बिजुली उत्पादन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया