काठमाडौँ : लाजिम्पाटको र्याडिसन होटल संगै पारिवारिक बाताबरणमा खुलेको “ईजाकाय हाउस” खानाको पारखीहरुको लागि स्वादिष्ट’ हाइजेनिक अन्तराष्ट्रिय स्तरको तथा जापनिज खानाहरुको गन्तब्य बनेको छ । स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो ।

बिगत लामो समय देखिको अनुभबलाइ बटुलेर संचालनमा ल्याएको ‘ईजाकाय हाउस’ लाईभ म्युजिकको समेत आनन्द लिन सकिन्छ। पांच जना युवाहरुको लगानीमा संचालनमा आएको उक्त रेष्टुरेन्टमा विभिन्न खानाको स्वादिष्ट परिकार पाउनुको साथै राष्ट्रिय अन्तराष्ट्रिय ब्राण्डका ड्रिंक्सहरु समेत उपलब्ध भएको रेष्टुरेन्टको संचालिका युवा ब्यबसायी तथा सौन्दर्यकर्मी मिना लामा बताउछिन।

रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने भएको छ । लाजिम्पाट खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजना संचालकहरुको रहेको छ ।

विदेशको अनुभब तथा आफ्नो देश प्रतिको माया लगाबले गर्दा स्वदेशमा नै केहि गरु भन्ने उदेश्यको साथ रेस्टुरेन्ट व्यवसायमा लगानी गरेको तथा अन्तराष्ट्रिय स्तरको रेस्टुरेन्ट एण्ड बार नेपालमा संचालनमा ल्याएर विभिन्न परिकारका खाना तथा ड्रिंक्सका पारखीहरुलाई फरक स्वाद चखाउने उदेश्यले संचालनमा ल्याएको यस रेस्टुरेन्टमा पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ l

तपाईको प्रतिक्रिया