काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा बिहीवार भएकाे पहिलो खेलमा वालिङले चौदण्डीगढीमाथि दश–शून्यकाे जित निकालेकाे छ ।

लिगमा पहिलो जित निकालेको वालिङलाई फराकिलो जित दिलाउन विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गर्दा सम्झना शर्माले दुई तथा मनमाया दमाई र टौटा ओरेनेला नोइलीले समान एक/एक गोल गरे ।

पहिलो जित निकालेको वालिङले तालिकामा पाँच अङ्क बनाएको छ । पराजित चौदण्डीगढीको भने लिगमा यो तेस्रो हार हो । चौदण्डीगढी तालिकामा अङ्कविहीन छ ।

प्रतियोगितामा शुक्रबार एक खेल हुनेछ । दिनको २ बजे हुने खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका रौतहटबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया