विराटनगर । राजवंशी चलचित्रकर्मी समाद समितिले निर्माण गरेको समाद–२ निर्माण गरेको भिडियो एल्बम विमोचन गरिएको छ ।
विराटनगर महानगरपालिकामा शनिबार एक कार्यक्रमबीच उत्त भिडियो एल्बम विमोचन गरिएको हो ।

विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली र न्यु सृष्टि दैनिकका अध्यक्ष तथा प्रधानसम्पादक शंकर खरेलले समाद–२ को भिडियो एल्बमको विमोचन गरेका थिए । उत्त एल्बममा सिमा मिचिएको बारे, त्यसैगरी राजवंशी समाजको धर्म सस्कृति गतिविधीलाई समावेश गरिएको छ ।

समाद–२ एल्बमको उत्त एल्बममा पाँच भिडियो र पाँच अडियो गीत समावेश गरिएको छ । एल्बममा दीपनारायण राजवंशीको शब्द र संगीत रहेको एल्बममा उनीसँगै बलबहादुर राजवंशी, अनुमा चौधरी, माला राजवंशी र सुशिला राजवंशीको स्वर रहेको छ । कार्यक्रममा अनुमा चौधरी र नृत्य निर्देशक चन्दन राजवंशीलाई सम्मान गरिएको थियो । साथै एल्बममा अभिनय गर्ने ४६ जना कलाकारहरुलारुई कदर पत्रले सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया