काठमाडौं -एनआई सी एशिया बैंकले मोबाइल बैंकिङ्ग एपमा ‘कस्टुमर केयर’ को सेवा सुरुवात गरेको छ ।

आफ्ना ग्राहकहरूको समस्या यथासिघ्र समाधान तथा ग्राहकहरुको जिज्ञासालाइ सम्बोधन गर्नका लागि बैंकले ‘एनआई सी एशिया मो बैंक’ मार्फत यस्तो कार्यको थालनी गरेको हो ।

‘डिजिटल फस्ट बैंक’बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउन ‘कस्टुमर केयर’ बाट डिजिटल बैंकिङ्ग प्रवद्र्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको छ ।

बैंकको एप भित्र रहेको यो ‘कस्टुमर केयर’ आइकनमा ट्यापगरे पश्चात् च्याटबट, बैंकको प्रतिनिधीसंग सिधा सम्पर्क, गुनासो टिकट र FAQs जस्ता सुविधाहरु प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया