काठमाडौं। एट्लेटिको मड्रिड ७ वर्षपछि स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ। गएराति ओसासुनालाई २–१ ले हराउँदै एट्लेटिकोले उपाधिको सम्भावना बलियो बनाएको हो। ७५औं मिनेटमा बुडिमिरको गोल गरेपछि ओसासुनाले अग्रता लिएको थियो। तर एट्लेटिकोका लागि ८२औं मिनेटमा लोडी डोस सान्तोस र ८८औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि महत्वपूर्ण जित निकाल्यो।लिगको अन्तिम खेलमा रियल भालाडोलिडलाई हराएमा एट्लेटिकोले उपाधि उचाल्नेछ।

तपाईको प्रतिक्रिया