काठमाडौँ / साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । महामारीबीच पनि लगानीकर्ताहरूको उच्च मनोबलका कारण यस दिन नेप्से परिसूचक नयाँ उचाईमा पुगेको छ । सोमबार नेप्से २०.७१ अङ्क अर्थात ०.७६ प्रतिशतले बृद्धि भई २ हजार ७५९.२२ बिन्दुमा पुगेर थामिएको छ ।

ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि आज ४.४५ अङ्कले बढेर ४९२.५९ बिन्दुमा पुगेको छ ।

कूल २१८ ओटा कम्पनीको कारोबार भएको बजारमा आज एक लाख एक हजार ९१८ कित्ता शेयर खरिदबिक्री भएको छ भने एक करोड ९० लाख ५६ हजार २३६ कित्ता शेयर खरिदबिक्री भएको छ । अघिल्लो कारोबार दिन आइतबार १० अर्ब बराबरको कारोबार भएको बजारमा आज सोमबार भने कारोबार रकम समान्य घटेर ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार रुपैयाँ कायम भएको छ ।

११ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतबढीले बृद्धि

यो दिन ९ प्रतिशत बढीले शेयर मूल्य बढ्ने कम्पनी संख्या ११ रहेको छ । रुरु जलविद्यतु परियोजनाका लगानीकर्ताहरू आज पनि मालामाल भएका छन् । उक्त कम्पनीको शेयरमूल्यमा १० प्रतिशतको सर्किट लागेको हो ।

यसैगरी समता घरेलु लघुवित्तको शेयरमूल्य ९.९८ प्रतिशत, राधी विद्युत कम्पनीको ९.९४ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट कम्पनीको ९.९३ प्रतिशत, प्रोगेसिभ फिनान्सको ९.९१ प्रतिशत, गुरासँ लघुवित्तको ९.८९ प्रतिशत, बरुण हाइड्रो पावरको ९.८८ प्रतिशतले शेयरमूल्य बढेको छ ।

यसैगरी पञ्चकन्यामाई हाइड्रो पावरको शेयरमूल्य ९.७५ प्रतिशत, नेपाल फिनान्सको ९.७३ प्रतिशत, रिडी हाइड्रोपावर डेभलपमेन्टको ९.७२ प्रतिशत र खानीखोला हाइडेपावरको शेयरमूल्य ९.५७ प्रतिशतले बढेको छ ।

बढेको बजारमा आज १०.२५ प्रतिशत एबिबिएल डिबेन्चर २०८५ का लगानीकर्ताहरुले १.९४ प्रतिशत र ११ प्रतिशत एनआई सी एशिया डिबेन्चर ०८२/८३ का लगानीकर्ताहरुले १.९१ प्रतिशतले गुमाएका छन् ।

नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम सबैभन्दा बढी
सोमबारको कारोबार रकममा पनि नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम सर्वाधिक बढी देखिएको छ । उक्त कम्पनीको ६६ करोड एक लाख ८१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल दुरसञ्चार कम्पनीको ४२ करोड ६९ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसैगरी शिखर इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रकम ३१ करोड ७९ लाख ३५ हजार रुपैयाँ, अरुण कावेली पवारको २५ करोड एक लाख ८९ हजार रुपैयाँ र माथिल्लो तामाकोशीको २१ करोड ५३ लाख ८ हजार रुपैयाँ रहेको छ ।

सोमबार विकास बैंक समूहको परिसूचक ०.०२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको ०.७२ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बृद्धि भएको छ ।

यस दिन बैंकिङ समूहको परिसूचक ०.५१ प्रतिशत, वित्त समूहको ०.९१ प्रतिशत, जलविद्युत समूहको २.५२ प्रतिशत, लगानी समूहको ०.१४ प्रतिशत, जीवन बीमा समूहको ०.६६ प्रतिशत, लघुवित्त समूहको ०.२७ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक ०.६५ प्रतिशतले बढेको छ ।

यसैगरी निर्जीबन बीमा समूहको परिसूचक ०.२७ प्रतिशत, अन्य समूहको परिसूचक २.६३ प्रतिशत र व्यापारिक समूहको परिसूचक ०.१८ प्रतिशतले बृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया