पेरिस — विश्व नम्बर दुई खेलाडी नाओमी ओसाकाले मंगलबार फ्रेन्च ओपनबाट आफ्ना नाम फिर्ता लिएकी छिन् । मिडियासँग बोल्न अस्वीकार गरिरहेकी जापानी खेलाडी यसै कारण विवादमा परेका थिइन् ।

फाइल तस्बिर : रोयटर्स
आफ्नो मानसिक स्थिति ठीक राख्न उनले मिडियासँग कुराकानी गर्न अस्वीकार गर्दै आएको दाबी गरेका थिइन् । पहिलो चरणमा पनि मिडियासामु प्रस्तुत नभएपछि उनलाई जरिवाना गरिएको थियो र प्रतियोगिताबाट निष्कासन गर्ने चेतावनी दिइएको थियो ।

यता कोर्टमा भने रोजर फेडेररले फ्रेन्च ओपनमा विजयी सुरुआत गरेका छन् । उनले उज्वेकिस्तानका डेनिस इस्टोमिनलाई सजिलै ६–२, ६–४ र ६–३ ले हराए ।

स्विटजरल्यान्डका २० पल्टका ग्रान्ड स्लाम विजेता फेडेरर सन् २०१९ यता पहिलो पल्ट खेलिरहेका हुन् । यस्तै दोस्रो वरीयताका रुसी खेलाडी ड्यानिल मेडभेडेभले कजाकिस्तानका एलेक्जान्डर बुबलिकलाई ६–३, ६–३ र ७–५ ले पराजित गरे ।

तपाईको प्रतिक्रिया