एजेन्सी । युरोकप फुटबलमा आज पनि दुई खेल हुँदैछन् । आज हुने दुई खेलसँगै अन्तिम-१६ का सबै खेल सकिने छन् । आजको पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल स्वीडेन र युक्रेनबीच हुनेछ ।

इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहनेछन् । इग्न्ल्यांडले समूह ‘डी’ बाट अपराजित रहदै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो ।

जर्मनीले समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । युरोकपमा इंग्ल्यान्ड र जर्मनी तेस्रो पटक भिड्न लागेका हुन् । यस अघिको दुई खेलमा दुबै टोलीले एक एक जित निकालेका थिए । स्वीडेन र युक्रेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

दुबै टिम आज जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन् । स्वीडेन समूह ‘ई’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । युक्रेन समूह ‘सी’ बाट नकआउट चरणमा पुगेको हो । समूहको तेस्रो स्थानमा रहेको युक्रेन उत्कृष्ट तेस्रो टिम बन्दै राउण्ड अफ १६ मा पुगेको हो ।

स्वीडेन र युक्रेनबीच पाँचौं पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघिको चार खेलमा स्वीडेनले २ हार व्यहोरेको छ । यस्तै एक जित र एक बराबरी खेलेको छ ।

तपाईको प्रतिक्रिया