एजेन्सी।तीन खेलको एकदिवसीय र तीन खेलको टी-२० शृङ्खलाका लागि इंग्ल्यान्ड पुगेको श्रीलंका क्रिकेट टोलीका तीन खेलाडीलाई घर फर्काइएको छ।श्रीलंका क्रिकेटले उपकप्तान कुशल मेन्डिस,ओपनर दनुश्का गुनाथलिका र विकेटकिपर निरोशन डिक्वेलाले कोरोना भाईरसको प्रोटोकल उलंघन गरेपछि तीनै जनालाई घर फर्काएको हो।तीनै खेलाडीको बायो बबल्सको नियम उलंघन गर्दै सार्वजनिक स्थान डुरहाम सिटी सेन्टर पुगेको तस्बिर सामाजिक सञ्जालमा सावर्जनिक गरेपछि उनीहरु विवादमा आएका थिए।

तपाईको प्रतिक्रिया