काठमाडौं, ६ मँसिर
गायिका दीपा कोईरालाको स्वरमा रहेको गीत ‘थाहै नपाई…’को भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोलाई भिडियो क्राफ्ट नेपाल युट्युव च्यानलबाट हालै रिलिज गरिएको छ ।
यो गीतलाई बालन्द राईले संगीत गरेका हुन् । गीतको शब्द पनि उनकै हो । गीतको भाव अनुसारको म्युजिक भिडियो निर्माण गरिएको छ । भिडियोमा गायिका तथा मोडल सरिता भारती, अभिनेता प्रवण भुसाल र मोडल तथा मेकअप आर्टिस्ट बिना रानामगरको अभिनय रहेको छ । वियोगान्त भावको यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गरिएको छ ।
आफ्नो प्रेमीले आफुलाई धोक दिएर अर्की युवतीसँग प्रेम कथाको पीडा यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा कलाकारहरुको केमेस्ट्री राम्रो छ ।
यो गीतको भिडियोलाई सुवर्ण कुमार श्रेष्ठले छायाँकन गरेका हुन् । जसमा सम्पादन पनि सुवर्णकै रहेको छ । भिडियोको कलरिङ सुरेश कुमार राउतले गरेका हुन् । यो भिडियो डब्बु क्षत्रीको निर्देशनमा तयार भएको हो ।

तपाईको प्रतिक्रिया