काठमाडौं : साताको पहिलो दिन नेप्से परिसूचक ८८ अंकले ओरालो लागेको छ। परिसूचक २३ सय ६१ विन्दुमा बन्द भएको छ। यसदिन २२८ कम्पनीको ७४ लाख ६० हजार ८७४ कित्ता सेयर ३ अर्ब ३८ करोड २५ लाख ९ हजार ५२० रुपैयाँमा खरिदबिक्री भयो।

ठूला कम्पनीको सेयर मापन सेन्सेटिभ इण्डेक्स पनि १५ अंक बढीले घटेर ४५०.०८ विन्दुमा बन्द भएको छ।

आइतबार कारोबारमा आएका १३ वटै समूहको परिसूचक ओरालो लागेको छ। यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक ७.४५ प्रतिशतले घटेको छ। यस्तै डेभलपमेन्ट बैंकको ६.४१ प्रतिशतले घट्दा वित्त ४.६५,निर्जीव विमाको ४.५३, जलविद्युतको ४.५२ र लगानी समूहको ४.१४ प्रतिशतले सेयर मूल्य घटेको हो।

बाँकी अन्य समूहको १.६६ प्रतिशतदेखि ३.८८ प्रतिशतसम्म घटेको छ।

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको सर्वाधिक १० प्रतिशतले सेयर मूल्य घटेको छ। लक्ष्मी इक्विटी, जानकी फाइनान्स र नेपाल हाइड्रो पावरको ९ प्रतिशत बढीले सेयर मूल्य घटेको हो।

यसदिन कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्स अग्रस्थानमा रह्यो। सो कम्पनीको १९ करोड ७७ हजार ४० लाख ९४९ रुपैयाँमा सेयर खरिदबिक्री भयो।

तपाईको प्रतिक्रिया