, काठमाडौं ।

साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नेप्से ५४. १२ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २८५७ अंकमा पुगेको छ ।

आज बैंकिङ ९.८७, होटल तथा पर्यटन ३५.६९, विकास बैंक १४७.६५, जलविद्युत १५८.४७, निर्जीवन बीमा २८८.५६, माइक्रोफाइनान्स १७४.३४, जीवन बीमा ३४९.६१, फाइनान्स ९२.५९, लगानी ३.०५, म्यूचअल फन्ड ०.१५, उत्पादन १२७.३३ र ब्यापार ८३.४५ अंकले बढेका छन् । त्यस्तै, आज अन्य समूह ३.४१ अंकले घटेको छ । आज २२४ कम्पनीका ०क करोड १८ लाख कित्ता सेयर ६ अर्ब ६६ करोडमा कारोबार भएका छन् ।

तपाईको प्रतिक्रिया