काठमाडौं – गीतकार मोहित मर्दन थापाको गीत ‘झरनाको चिसो चिसो पानी…’ सार्वजनिक भएको छ । प्रतापदासको स्वर, कल्याण सिंहको सङ्गीत र दिक्षित पौडेलको एरेञ्ज रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

यो गीत थापाको ‘मोहित’ एल्वममा समावेस छ । गीतको लिरिकल भिडियो भकारी एमडिसीको वेष्टटोन म्युजिक युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

डान्सिङ विटको यो गीतको भिडियो छिट्टै बनाएर एल्वमसहित सार्वजनिक गर्ने स्रटा मोहितले बताउनुभयो । थापाको यो पहिलो गीति एल्वम हो । मोहितमर्दन अमर सर्जक स्व. जगतमर्दन थापाको छोरो हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया