काठमाडाैं, वैशाख १५ गते । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्याङ्क विभागले अनुमान गरेको छ । तथ्याङ्कले विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । अघिल्लाे आवमा ४.३ प्रतिशत थियाे ।

आर्थिक वर्ष सकिन करिब तीन महिनामात्रै बाँकी छ । बाँकी तीन महिनाको अवधिमा ठूलो असर नआउने र कोभिड – १९ को असर पनि कम भएका आधारमा यस्तो अनुमान गरिएको विभागले बताएको छ ।

विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको २.३ प्रतिशत, गरै कृषि क्षेत्रकाे ६.९ प्रतिशत हुने विभागको अनुमान छ ।

यस्तै, नेपालकाे प्रति व्यक्ति आय १२३ डलर बढेर १२४९ बाट १३७२ डलर पुगेकाे छ ।

तपाईको प्रतिक्रिया