लोकप्रिय गीतकार ध्रुव प्रसाद अम्गाईको रचनामा रहेको गीत ‘मिलनमा विछोड’ को भिडिओ सार्वजनिक भएको छ l राजेश थापाको सङ्गीत र विषम आचार्यको सङ्गीत संयोजन रहेको यस गीतमा किरण भुजेलले स्वर दिएका छन् l गीत वियोगान्त भावमा रहेको छ l

मुक्तिनाथ फिल्म्सको पोष्ट प्रोडक्शनमा निर्मित यस म्युजिक भिडिओको निर्देशन मुनाल शिशिर कोईरालाले गरेका हुन् भने भिडिओमा दिपेश परियार र सगुन न्यौपानेले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l भिडिओमा सुविन गोदारको सिनेम्याटोग्राफी र प्रकाश एस. के. को सम्पादन रहेको छ l

पति घरमा नभएको बेला खाना पकाउने ग्याँस सिलिण्डर ‘डेलिभरी’ गर्ने युवकसँग पत्नी नजिकिएको र अचानक पतिले सो कुरा प्रत्यक्ष देखेपछि पत्नी घर छाडेर हिंडेको घटना म्युजिक भिडिओमा देखाईएको छ l आफूले अत्यन्तै प्रेम गरेकी पत्नीको घात र विछोडबाट विक्षिप्त बनेको पुरुषको पीडालाई भिडिओमा उतार्ने प्रयास गरिएको छ l भिडिओ सम्भावित कथावस्तुमा आधारित रहेको छ l

तपाईको प्रतिक्रिया