काठमाडौँ– गायिका रानी शाक्यले नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘धेरै प्रश्न’ बोलको गीतमा रानीको स्वर, राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत छ । सार्वजनिक गीतले माया गरेको मान्छे जहाँ भएपनि उसको प्रतिक्षामा बाँच्नु निकै मिठो हुने भाव बोकेको छ । माया गरेको मान्छे जति टाढा भएपनि उसँग जोडिएका प्रश्नहरू नजिकै हुने मर्म गीतले बोल्छ ।गीतलाई आम दर्शक तथाले अत्याधिक मात्रामा रुचाएका छन । मायामा उब्जने हजारौ मायाका भावनात्मक प्रश्नहरुलाई गीतमा समेटिएको छ । गीतलाई फरक ढंगबाट प्रस्तुत गरिएको कारणले पनी दर्शक तथा स्रोताले रुचाएका हुन ।

गीतको भिडियोलाई निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । दीपेन्द्रले भिडियोलाई रहस्यमयी बनाएका छन् । जसलेगर्दा, दर्शकलाई भिडियो अन्तिमसम्म हेर्न कौतुहलता जाग्न सक्छ । भिडियोमा नायक पुष्प खड्का, मोडल सलिना खत्री र कलाकार कृष्ण सिवाकोटीलाई देख्न सकिन्छ । पुष्प र सलिनाको रहस्यमा रहेको प्रेमको कथामा भिडियो बगेको छ । भिडियोमा दीपेन्द्रकै कथा, कृष्ण भण्डारीको सम्पादन, बुद्ध थापाको छायांकन, निर्मला खत्रीको कोरियाग्राफी छ ।

तपाईको प्रतिक्रिया