काठमाण्डौ श्रावन १२ – नेपालि सुगम संगीतमा निकै सम्भावना बोकेका गायक इशान बसन्तले भर्खरै मात्र “तिम्रो माया नै” बोलको गीत सार्बजनिक गरेका छन् । उनले यस अघि पनि थुप्रै गीत बजारमा ल्याइसकेका छन् । जस मध्य इशानको आफु त हजुर, फेरी पनि, बुद्धम शरणम लगाएतका गीतहरु चर्चामा रहेका छन् । माथि उल्लेखित गीतहरु अडियोको रुपमा मात्र सार्बजनिक भएका थिए । यस पटक भने उनले भिडियोको रुपमा पनि “तिम्रो माया नै” सार्बजनिक गरेका छन् ।

सन्जय हमाल द्वारा संगीत संयोजन भएको प्रस्तुत गीतमा संगीत तथा स्वर इशानको नै रहेको छ भने शब्द रचना श्याम कृष्ण महर्जन (शुसान्त घायल) को रहेको छ । गीतमा प्रगाड प्रेमभाव समाबेस छन् । “तिम्रो माया नै” बोलको गीतको म्युजिक भिडियोमा इशान स्वयम् देखिएका छन् भने उनि संगै कश्मिता भण्डारीको पनि आकर्षक अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन विनयराज पौडेलले गरेका हुन् भने छायांकन तथा सम्पादन दिपेन बस्नेतले गरेका छन् । भिडियो बिनिता तामाङ्ग र पन्चमान महर्जनको निर्माणमा तयार भएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया