इटहरी । रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुरो बनेका छोरा-छारीको कथामा आधारित गीत पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

राजन क्षेत्रीको शब्द सङ्गीतमा निर्माण गरिएको गीतमा रमा अधिकारीको स्वर रहेको छ । गीतमा आमा बाबु गुमाएपछि एउटी छोरीले पाएको दुःख र गरेको सङ्घर्षलाई देखाउन खोजिएको छ ।

उक्त गीतमा रमा अधिकारी, युनिसा दाहाल, पवन सुवेदी, निरू केसी, मिना राई, सेमीसा राईको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन सुरेशचन्द्र दाहाल र बसन्त बस्नेतले गरेका हुन् ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया