काठमाण्डौं ।
विगत लामो समयदेखि अमेरिकामा रहेर नेपाली साहित्यको विविध विधामा कलम चलाउदै आइरहेकी साहित्यकार, गीतकार, तथा समाजसेवी सरला श्रेष्ठद्धारा रचित ‘तिम्रो झै मेरो दिल’ गीत सार्वजनिक भएको छ । गीतकार श्रेष्ठको आफनै व्यक्तिगत युट्युव च्यानल बाट सार्वजनिक उक्त गीतमा सुगम संगीतका अब्बल संगीतकार राजेश थापाले संगीत दिएका छन भने आवाज लोकप्रिय गायिका मिलन नेवारले दिएकी छन । निरोज लामाको संगीत संयोजन रहेको गीत ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड भएको हो । जसको मिक्सिङ्ग मास्टरिङ्ग किशोर थापाले गरेका हुन ।

अहिलेलाई लिरिकल भिडियोको रुपमा सार्वजनिक गरिएको गीतलाई ओम प्रकाश अवस्थीले सम्पादन गरेका छन । नेपाली संगीत बजारमा लामो समयदेखि सक्रिय रुपमा लागिपरेकी गीतकार सरला श्रेष्ठले सार्वजनिक गरेको छोटो समयमै यस गीतले निकै सकारात्मक प्रतिक्रियाहरु पाइरहेको र अनुकुल समय मिलाएर भविष्यमा गीतको पुरा भिडियो बनाएर पुन: सार्वजनिक गर्ने सोच रहेको बताएकी छन ।

गीतको लिरिकल भिडियो हेर्न तल क्लिक गर्नुहोस !

तपाईको प्रतिक्रिया