काठमाडौं ।

गायिका सुरक्षा सेन्चुरी र गायक सन्तोष कट्वाल को स्वरमा रहेको ‘सानु बाचु कसरी‘ गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष कट्वालको शब्द रचना रहेको गीतमा शिव संगम राईको संगीत रहेको छ ।

जसु याक्खाले निर्देशन गरेको भिडियोमा सृष्टि सुब्बा र सन्तोष कटवालले अभिनय गरेका छन् । प्रेमको परिभाषालाई गीत मार्फत ब्यक्त गर्ने कोशिष गरिएको छ । प्रेमील जोडि विचको रोमान्चक प्रेम कहानीलाई गीतमा ब्यक्त गरिएको छ । पुर्वेली लोक लयमा तयार पारिएको गीतमा जिवनका आरोह र अवरोहलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

दिनेश पराजुलीले छायाँकन गरेको गीतको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका हुन् । भिडियो सन्तोष कट्वाल को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया