काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका निकायहरूले गत आर्थिक वर्ष २०७८/०७९ का करिब १० अर्ब रुपैयाँ राजस्व संकलन गरेका छन् ।

मन्त्रालय र मातहतका निकायले एक आवमा ९ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेका हुन् । मन्त्रालय मातहतका निकायहरूले यो अवधिमा कुल ५२ अर्ब ५९ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

यो राजस्व तथा आम्दानी मन्त्रालय र मातहतका विभिन्न १८ निकायबाट संकलन गरिएको हो । मन्त्रालयका प्रवक्ता सेवन्तक पोखरेलका अनुसार संकलित राजस्वमध्ये सबैभन्दा बढी मन्त्रालयबाटै संकलन भएको छ ।

जसअनुसार मन्त्रालयले आव २०७८/०७९ मा ६ अर्ब ९४ करोड ४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ भने मातहतका निकायतर्फ नेपाल दूरसञ्चार कम्पनीले २ अर्ब २४ करोड ७४ लाख रुपैयाँ राजस्व बुझाएको छ ।

यस्तै, राष्ट्रिय समाचार समितिले ८७ लाद विज्ञापन बोर्ड नेपालले ३ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन गरेका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया