निर्देशक हाङ चेम्जोङको निर्देशनमा ‘निङवासुम ८’ मा रहेको पालाम ‘मिम्जिरे पान्हा’ कोे भिडियो सार्वजनिक गरिएको छ ।

रीता फोम्बो ठुलीको शव्द संकलन तथा दुर्गा तुम्साको लय संकलनमा गायीका दुर्गा तुम्सा र गायक सुमन लिम्बूको आवाजमा रहेको पालाम ‘मिम्जिरे पान्हा’कोे भिडियो रीता फोम्बो ठुलीको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

धनकुटा र तेह्रथुममा छायांकन गरिएको पालाममा पुष्पाञ्जली तिलिङ, जिबन केदेम, रिता फोम्बो ठुली, शैलेन्द्र नाल्बो, रबि किरण, सीता फोम्बो, हरिकुमारी लिम्बु, तेल्लके माइली ज्योतीकला, दुर्गा तुम्सा, दुर्गा माया फोम्बो, दीप केरुङ र कमल थेगिमको अभिनय रहेको छ ।

रिता फोम्बो ठुलीको निर्माण रहेको पालाममा इसक जबेगुको छायांकन, संजु थलङ्को शृंगार तथा जीवन केदेम र निरंता नेम्बाङ्को कोरस रहेको छ ।

मनोज राईको संगीत संयोजनमा किङग् स्टुडियोमा रेकर्ड गरिएको पालामको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।

पालाम हेर्नुहोस…

तपाईको प्रतिक्रिया