काठमाडौं । गायिका कमला रेग्मीले ‘तिमीलाई दामी देखिन्छ’ बोलको गीति सामाग्री सार्वजनिक गरेकी छिन् । प्रवासी जीवनको दैनिकीमा रहेर पनि नेपाली गीत–संगीतलाई सदैव माया गर्ने गायिकाको परिचय बनाएकी उनले चर्चित गायक रामजी खाँडसँगको सहकार्यमा उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।

यस गीतमा रविमानसिंह बस्नेतको शब्द तथा चर्चित गायक तथा संगीतकार टीका बोम्जनको संगीत रहेको छ भने यो गीतको लागि ट्र्याको एरेञ्ज कमल सौरागले गरेका छन् ।

गीतको भिडियोमा चलचित्र नायक आकाश श्रेष्ठ र पछिल्लो पुस्तामाझ लोकप्रिय रहेकी मोडल स्मारिका ढकालको रोमान्चक अभिनय र नृत्य रहेको छ । निकेश खड्काको निर्देशनमा राज किङ वाइबाले कोरियोग्राफी गरेको भिडियोको छायाँकन बुद्ध थापाले गरेका छन् भने सम्पादन र कलर करेक्सन विकास धमलाले गरेका छन् ।

भिडियोलाई रामजी खाँड अफिसियल युट्युवबाट सार्वजनिक गरिएको छ । उक्त अडियो तथा भिडियोले श्रोता तथा दर्शकहरुको मन जितिरहेको छ ।

गीतको भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस्

तपाईको प्रतिक्रिया