पछिल्लो समय गायनबाट चर्चामा रहेकी गायिका तृप्ती खड्का र गायक राजानन्द मान्डब्यले नयाँ गीत ए बा भन्देउन…को भिडियो बजारमा ल्याएका छन् । यो गीतलाई राजानन्द मान्डब्यले लेखेका हुन् । गीतको संगीत पनि राजानन्दकै रहेको छ ।
हिजोका दिनमा नेताहरुले विभिन्न आश्वासन दिएको र त्यो आश्वासनलाई पुरा नगरेको भन्दै यो गीत मार्फत गायक गायिकाले नेताहरुलाई खबरदारी गरेका छन् । नजिकिँदै गरेको सँसदीय निर्वाचनलाई लक्षित गरेर यो गीतको भिडियो चुनावको पूर्व सन्ध्यामा रिलिज गरिएको हो ।
यो गीतलाई रमेश सेन्चुरीले एरेन्ज गरेका हुन् । यो गीतको भिडियो समसामयिक दृष्यलाई समेटेर तयार गरिएको छ ।
गीतको भिडियोमा गायक गायिका नै प्रत्यक्ष रुपमा प्रस्तुत भएका छन् । दिपेन्द्र प्रकाश केसीले निर्देशन गरेको यो गीतको भिडियोलाई दिपेन्द्र आफैंले खिचेका हुन् । छायाँकनमा उनलाई नरेश चैंसिरले सघाएका छन् । गीतको भिडियोलाई नरदम च्यानलबाट रिलिज गरिएको छ ।

तपाईको प्रतिक्रिया