काठमाडौं, १७ पुस

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा आज १७.२६ अंक वृद्धि हुँदा सेयर बजार २०४६.२९ विन्दुमा पुगेकाे छ । आज ०.८८ प्रतिशतले सेयर बजार बढेको हो ।

साथैै, २६१ कम्पनीको कारोबारमा एक करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर किनबेच हुँदा चार अर्ब चार करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज नविल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नेपाल दुर सञ्चार कम्पनीको १९ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।

सृजनसिल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । साथै खप्तड लघुवित्त, धाैलागिरि लघुवित्तको ९.९९ प्रतिशत र अजोड बिमा प्रभु बिमाको ९.९८ प्रतिशतले मूल्य वृद्धि भएको छ।

कुल १२१ कम्पनीकाे सेयर उकलो लागेको छ भने ८७ कम्पनीकाे मूल्य ओरालो लागेको छ । जम्मा चार कम्पनी स्थिर रहेका छन् ।

आज विकास बैंक र फाइनान्सबाहेक सबै उपसुचकमा हरियाली छाएको छ ।

तपाईको प्रतिक्रिया