कोरियोग्राफर तथा निर्देशक सुरेन्द्र बसेलको निर्देशन रहेको डान्सिङ नम्बर ‘काली काली’ गीतको भिडियो सार्बजनिक भएको छ ।

भिडियोमा गजित बिष्ट, गम्भीर बिष्ट तथा सामारिका ढकाल फिर्चड गरिएको छन भने तिनैजनाको कमेडी कमेस्ट्रिलाई पनि राम्रैसंग प्रस्तुत गरिएको छ ।

भिडियोमा लामो समयको अन्तराल पछी गजित र गम्भीर संगै देखिएका छन भने यी दुवै मध्य गजित नायक, निर्देशक र कोरियोग्राफरका रुपमा आफ्नो छवि बनाईसकेका छन भने गम्भीर पनि अहिलेका चल्तीका कोरियोग्राफर र निर्देशक हुन । सम्बन्धले यी दुई दाजुभाइ पनि हुन। लामो अन्तरालपछि दुई दाजुभाइले एउटै गीतमा कम्मर मर्काएका छन।

गायक राजेश पायल राईको स्वर रहेको यस् गीतमा, टी.एन आचार्यको शब्द, लक्ष्मण पोख्रेलले संगीत रहेको छ ।

टी.एन आचार्यको निर्माणमा तयार पारीएको यस गीतलाई बिकास नेपालले कोरियोग्राफी गरेका छन ।

‘द प्रिमियर प्रोडक्सन’ बाट सार्बजनिक भएको भिडियाेमा अशोक थापाको एरेन्ज, मनोज दङ्गाेलको मिक्सिङ र दिनेश पराजुलीको सिनेमाटाेग्राफी रहेको छ ।

तपाईको प्रतिक्रिया