काठमाडौं– अमेरिकामा रहेर पनि गायिका रानी शाक्य तथा गीतकार राजेश शाक्य गीत–संगीतमा सक्रिय छन् । उनीहरुको सहकार्यको नयाँ गीत ‘शिरमा नाम्लो’ शुक्रवार सार्वजनिक भएको छ ।

यो गीतमा राजेश शाक्यको शब्द, गायिका रानी शाक्य तथा सिडी विजयी अधिकारी र प्रताप दासको स्वर सुन्न सक्निछ । सीडी विजयले नै यो गीतलाई संगीतबद्ध गरेका छन् ।

यो गीतको भिडियोमा अभिनेताद्वय सरोज खनाल तथा धिरेन शाक्यको साथमा अभिनेत्री सञ्चिता लुइँटेललाई देख्न सकिन्छ । भिडियोमा सञ्चिताका लागि सरोज र धिरेनको झगडा परेको समेत देखाइएको छ । सञ्चिताले बेवास्ता गर्दा पनि धिरेन र सरोज उनको पछि–पछि लागेको रमाइलो दृश्य भिडियोमा हेर्न सकिन्छ ।

भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्तम हुमागाइको छायांकन, माधव बेलबासेको सम्पादन छ । प्रहिल कार्कीको निर्देशनमा यो भिडियो तयार पारिएको हो ।

तपाईको प्रतिक्रिया