धेरै लोकप्रिय गीतहरु बजारमा ल्याइसकेका युवा गायक गुणराज श्रेष्ठ पहिलो पटक सांगीतिक कोसेली गज़ल लिएर आएका छन् ।गीतकार बी पाण्डेको रचना र सुवास भुसालको सगीत रहेको गज़ल ‘मौसम खराब थ्यो ’ लाइ साहस शाक्यको एरेन्ज रहेको छ। रोमान्टिक शैलीमा गाइएको गज़ल ‘मौसम खराब थ्यो ‘लाइ गायक गुणराजको युट्युब च्यानल मार्फत (Guna Raj Shrestha official) सार्वजनिक गरिएको हो ।
भिडियोमा गुणराज र प्रियंका चौधरीको अभिनय रहेको छ । ‘मौसम खराब थ्यो ’को भिडियोमा दर्शकहरुको सकारात्मक प्रतिक्रिया आएको छ ।

तपाईको प्रतिक्रिया