मलेसिया ।
मलेसियाको जोहोर राज्यमा रहेका प्रवासी नेपालीहरु सम्मेलित नेप्लिज फुटबल कम्युनिटी ‘एनफसी’को आयोजनामा आगामी नोभेम्बर १२ र १३ तारीखका दिन जोहोर कप फुटबल प्रतियोगिता हुने भएको छ ।

हिन्दुहरुको महान पर्व दिपावलीको अवसरमा प्रतियोगिता आयोजना गरिने भएको हो । प्रतियोगितामा मलेसियामा रहेका प्रवासी नेपाली समुदायका फुटबल टोलीहरुले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले ट्रफी सहित मलेसियन रिंगेट २० हजार पाउनेछन् भने उपविजेताले ट्रफी सहित १० हजार मलेसियन रिंगेट पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता मलेशियाको जोहोर राज्यको एरेना मुत्यारा जोहोर ल्याण्ड खेल मैदानमा हुनेछ ।

दर्ताका लागि सम्पर्क
+60183900640
+60187892325
+60166709386
+60189792653
+60147368964

तपाईको प्रतिक्रिया