काठमाडौँ । चर्चित टिकटक स्टार एबंम मोडल पबित्रा साकी अर्थात मिस पबी अष्ट्रेलियो उड्ने भएकी छन् ।

डोटेली भाषामा टिकटक बनाएर छोटो समयमै चर्चा कमाएपछि म्युजिक भिडियोदेखि सिसिरयमा समेत अवसर पाएकी उनी अष्ट्रेलिया उड्ने भएकी हुन् ।
म्युजिक भिडियो, विज्ञापनको अलवा उनी अहिले पहिलो विदेश यात्राको तयारीमा छिन् । उनको विदेश यात्रा अस्ट्रेलियाबाट सुरु हुँदै छ ।

नाम चलेका र वरिष्ठ कलाकारले पछिल्लो समय अस्ट्रेलिया भिसा नपाएको अवस्थामा अहिलेसम्म कहीँ नगएकी उनले भने एकै पटकमा भिसा पाएकी छन् ।

अस्ट्रेलिया भिसा पाएकोमा दङ्ग भएकी उनी भन्छिन्, ‘म अलि अलि देशमा चिनिएकी होला भन्ने लागेको थियो । विदेशमा समेत चिनिइसकेकी रहेछु ।’

तपाईको प्रतिक्रिया