गायक नविन कुमार पौडेल बिगत एक दशक देखि गायनमा सक्रिय छन् । उनले आफ्नो नयाँ गीत १८ कट्यौकी कटिनौं…को एक मिलियन भ्युज पुरा गरेकोमा केक काटेर सञ्चारकर्मीसँग खुसी साटेका छन् । गायक नविनसँगै यो गीतका संगीतकार दीपक शर्मालगायत टिमले सञ्चारकर्मीसँग केक काटेर खुसी साटेको हो ।
आफ्नो एक मिलियन पुगेको यो पहिलो गीत भएकाले खुसी साटेको गायक नविनले बताएका छन् । नविनको यो गीत अहिले चर्चामा छ । टिकटकमा समेत निकै रुचाईएको यो गीतमा दिपक शर्माको शब्द संगीत रहेको छ । संगीतकार दीपकसँग सहकार्यको यो पहिलो गीतले नै राम्रो सफलता पाएको पनि नविनले बताएका छन् । यस अघि उनका थुप्रै गीतहरु बजारमा आईसकेका छन् ।
यो गीतलाई जेएमडी क्रियशनको युट्युव च्यानलबाट रिलिज गरिएको छ । गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् । जसमा सुरेन्द्र बस्यालको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँकन रहेको छ । यो गीतको भिडियोमा सुमन ज्योती न्यौपाने (ल्याङग्री दादा), उमेश कुमार बराल, गीता ढुँगानालगायतको अभिनय रहेको छ । डान्सिङ शैलीको यो गीतलाई क्लब गीतको रुपमा छायाँकन गरिएको छ । गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

तपाईको प्रतिक्रिया