काठमाडौँ, मङ्सिर १५ गते ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने कार्यक्रम अन्तर्गत कमलाहरीको एक दशक स्वतन्त्र बन्धक मजदुरः अनुभव र कथाहरु कार्यक्रम आज काठमाण्डौमा सम्पन्न भएको छ । प्लान नेपाल र अथेन्टिक इन्स्टिच्युट ले शुक्रबार आयोजना गरेको कार्यक्रममा कमलाहरी प्रथाबाट पिडित भएका किशोरीहरुले सामाजिक रुपमा विभेदको सिकार भएको बताएका छन । राज्यले उपेक्षा गरेको कारण पनी आफुहरु राज्यको सेवा तथा सुविधाबाट बन्चित भएको मुक्त कमलाहरी किशोरीहरुको भनाई रहेको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय थारु आयोगका अध्यक्ष विष्णु थारुले राज्यले कमलरी प्रथा अन्त्य भएको भएपनी समाजमा त्यसको अवशेसको रुपमा रहेको र राज्यले कमलरीहरुको माग सम्वोधन गर्नको लागी पहल विगतमा गरेको भएपनी बर्तमानमा शिक्षा , स्वास्थ्य यातायत लगायतका वित्तिय एवम आर्थिक पक्षमा प्रभावकारी रुपमा राज्यको संरचना लाग्नु पर्ने बताउनुभयो ।
विभेद र हिंसाका घटनामा द्रुत मार्ग ९फास्ट ट्रयाक० बाट न्यायिक प्रक्रियाअघि बढाउन सरकारले आवश्यक पहल गर्नुपर्ने उपस्थित कमलरी हरुको माग थियो ।। विगतको समयमा कमलरीहरुले लैङ्गिक हिंसाको सबैभन्दा बढी सिकार हुनु परेको थियो । घरभित्रै विभिन्न महिलामाथि हिंसा भएको तथ्यलाई सो कार्यक्रममा बताइएको थियो छ । ९ बर्ष अगाडि कमलरी मुक्त घोषण गरेपनी मुक्त कमलरीहरुले बर्तमान समय सम्मपनी जिविका चलाउन असक्षम भएको सो कार्यक्रमका वक्ताहरुको भनाई थियो । कमलरी महिलामाथि भएको दोहोरो तेहरो उत्पीडन र विभेद अन्त्यका लागि प्रभावकारी कानुन र संरचनाको जरुरी रहेको कमलरीहरुको माग थियो । मुक्त कमलहरीका विषय र कथामा परिवर्तन आएको छ । नेपालमा वर्षौंदेखि चलेको कमलहरी व्यवस्थाका कारण गरिबीबाट बाहिर निस्कन नसक्दा अझै पनि १ हजार कमलहरी आधारभूत सुविधाबाट वञ्चित छन् । तसर्थ मुक्त कमलहरीको दिगो व्यवस्थापनका विषयमा प्रकाश पार्न र छलफल गरिएको प्लान नेपालकी कार्यक्रम संयोजक लक्ष्मी चौधरीले जानकारी दिनुभयो । यस कार्यक्रमले मुक्त कमलहरी, सरकारी निकाय र सरोकारवालाहरूलाई एक प्लेटफर्ममा ल्याउने लक्ष्य राखेको बताउनुभयो ।