काठमाण्डाै – शेयर बजार आज मङ्गलवार बढेकाे छ । हिजाे साेमवार १५ अङ्कले घटेकाे शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ८६ अङ्कले बढेर १ हजार ९ सय ८५ दशमलव ४४ विन्दुमा पुगेकाे छ ।

आज सबै समूहकाे शेयर बढेकाेमा बीमा, हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, हाइड्राेपावर, विकास बैंक, व्यापार, माइक्राेफाइनान्स, फाइनान्स समूहकाे शेयर उच्च अङ्ले उकालाे लागेकाे छ । आज बाेटलर्स नेपाल, धाैलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया, साेनापुर मिनरल्स एन्ड आयल लिमिटेडकाे शेयर १० प्रतिशतले बढेकाे छ । समग्रमा बजार बढेकाे दिन आज सीवाईसी नेपाल लघुवित्तकाे शेयर ५ प्रतिशतभन्दा धेरैले घटेकाे छ ।

आज १ कराेड २४ लाख कित्ता शेयर ४ अर्ब ३० कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सकाे १८ कराेड रुपैयाँकाे शेयर किनबेच भयाे ।

तपाईको प्रतिक्रिया