गीतकार आशिष कोइरालाको नयाँ गीत ‘तिम्रै माया’ सार्वजनिक भएको छ । नेपालको चलचित्र जगतमा एक प्रमुख व्यक्तित्व, उहाँको गीतात्मक क्षमताको लागि मात्र होइन तर डिजिटल प्लेटफर्महरू मार्फत नेपाली सिनेमालाई प्रवर्द्धन गर्नको लागि पनि उनको महत्वपूर्ण कामको लागि परिचित छ र नोभिस आर्ट्स नेपालका निर्देशकका रूपमा उनले उद्योगमा छाप छोडिरहेकै छन् ।

“तिम्रै माया” ले आशिष कोइरालाको बहुआयामिक प्रतिभालाई झलकाएको छ । प्रताप दासको स्वर, सरोज पोखरेलको सङ्गीत र देबेश राईको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । साजन कटेलको निर्देशन रहेको यस गीतको भिडियोमा समिप ढकाल,बिशम्बर सिलवाल र रोहित सिंह ठाकुरको अभिनय रहेको छ । भिडियोमा रमेश पराजुलीको छायाँकन र राकेश दाहालको सम्पादन रहेको छ । भिडियो संगिताकार सरोज पोखरेलको युट्युव च्यानल ‘सरोज पोखरेल’ मार्फत सार्वजनिक गरिएको हो ।

भिडियोमा प्रेम र समपर्णलाई आम दर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको गीतकार आशिष कोइरालाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया