काठमाडौं : संगीतकार लक्ष्मण पोखरेलको संगीतमा रहेको आधुनिक गीत ‘कहाँ बिराएँ’ सार्वजनिक भएको छ । गीतमा चर्चित गायिका अञ्जु पन्तको स्वर र गीतकार टि एन आचार्यको शब्द रहेको छ । कलाकार तथा मोडल जानकी कुँवरको सशक्त अभिनय रहेको म्युजिक भिडयोको देवेन्द्र कुँवरले निर्देशन गरेका छन् ।

प्रिन्सेस फिल्मस्ले निर्माण गरेको भिडियोमा प्रतिक आचार्य र एन्जीला कार्कीले समेत अभिनय गरेका छन् । गीतकार टि एन आचार्यको परिकल्पनामा निर्माण गरिएको गीतमा अशोक थापाले संगीत संयोजन मनोज डंगोलले मिक्सिङ मास्टरिङ गरेका छन् । प्रिन्सेस फिल्मस् युटुव च्यानलबाट सार्वजनिक गरिएको गीतलाई टेकेन्द्र शाहीले सम्पादन तथा राम केसीले छायाँकन गरेका छन् ।

गायिका अञ्जु पन्तको मेलोडियस स्वरमा रहेको उक्त गीतलाई आमदर्शक स्रोताहरुले मनपराउनेमा गीतकार टि एन आचार्य विश्वास्त रहेको बताउँछन् । अहिलेका व्यस्त संगीतकार लक्ष्मण पोखरेल पनि ‘कहाँ बिराएँ’ गीतबाट आशावादी रहेको बताउँछन् । यो गीत आँखाले भन्दा पनि मन मष्तिष्कले सुन्ने भएकोले सबैलाई मन पर्नेमा संगीतकार ढुक्क छन् । गायिका अञ्जु पन्त पनि धेरै समयपछि एउटा मिठो गीत गाउन पाएकोमा खुसी लागेको बताउँछिन् । कलाकार जानकी कुँवर पनि राम्रो गीतमा काम गर्न पाएकोमा दंग छिन् ।

तपाईको प्रतिक्रिया